काठमाडौँ, माघ ७ :

पर्साको वीरगञ्ज महानगरपालिका- १९ बर्वाबाट एक सय ९५ किलो अवैध लागुऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

मकवानपुरको हेटौँडा उपमहानगरपालिका- १२ रमनटार बस्ने ३६ वर्षीय सुकलाल महर्जनलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले बा प्र ०३- ००१ ख ३५८७ नम्बरको ट्रकबाट उक्त परिमाणको गाँजा ‘अनलोड’ गरी परालको थुप्रोमा लुकाइछिपाइ भाग्ने क्रममा ट्रक चालक सुकलाललाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षद्वारा आज जारी प्रहरी बुलेटिनमा जनाइएको छ ।

त्यस्तै, रौतहटको चन्द्रपुर नगरपालिका- ४ बाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ एक ग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय प्रचण्डबहादुर थापालाई शनिबार दिउँसो पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।