नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले कांग्रेसलाई बलियो बनाउन सबैले व्यक्तिवादी मानसिकता त्याग्नु पर्ने बताएका छन् ।
भारतको राजधानी नयाँ दिल्लीमा आज(आइतबार) नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रमलाई प्रवक्ता महतले यस्तो बताएका हुन् ।
उनले पार्टीमा व्यक्तिवादी सोच र आफु केन्द्रीत प्रवृत्ति हावि हुन खोजेको भन्दै यस्ता किसिमका प्रवृत्तिलाई निस्तेज पार्न कांग्रेसका नेता कार्यकर्ता सबै लाग्नु पर्ने जिकिर गरे ।
महतले नेपाल भारत सम्बन्धको चर्चा गर्दै 'भारत नेपालको सबैभन्दा नजिकको छिमेकी भएकाले कहिलेकाहीँ दुई देशका बीचमा समस्याहरु आउनु स्वभाविक भएको र ती समस्याहरुको समाधान कूटनीतिक रुपमा वार्ताको टेबुलमा बसेर हल गर्नुपर्नेमा जोडदिए।
माओवादीको अस्थिर चरित्रका कारण एमाले-कांग्रेस गठबन्धन बनेको उनको भनाइ थियो । सात बुँदे समझदारी अनुसार यो सरकार अगाडि बढ्नु पर्ने कुरामा दिँदै समझदारी अनुसार नै अन्तिममा पार्टी सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्ने बताए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
कारागारमा हुँदाको भाकल पूरा गर्न रवि पत्नीसहित नैनीतालस्थित कैचीँधाम पुगे
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान