काठमाडौँ, माघ ८ :

मेष : शुभग्रहको बहुमत रहेको छ । लामो यात्रामा जाने योजना बन्ने छ ।

वृष : निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । साना कुरामा विवाद नगरी अघि बढ्दा राम्रो हुने छ ।

मिथुन : उचित ठाउँमा लगानी हुँदा मन सन्तुष्ट हुनेछ । शिक्षामा गरेको प्रयास सफल हुनेछ। 

कर्कट : दिन राम्रो छ । सामाजिक भन्दा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । मन प्रसन्न रहनेछ।

सिंह : लगानीका क्षेत्रमा फाइदा हुने दिन छ । काम गर्नु अगाडि परिवारसँग सल्लाह गर्नु उचित हुनेछ।

कन्या : स्वास्थ्यमा सुधार हुनेछ । सहकार्यमा लगानी गर्दा सोचेर हात हाल्नुहोला ।  परिवारको साथ पाइने छ ।

तुला : विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । भेटघाटमा व्यस्त हुँदा सोचेका कामहरू अधुरै रहन सक्छन् । 

वृश्चिक : अप्ठेरोमा  साथीको साथ मिल्नेछ । राजनीतिक सङ्गठनमा जिम्मेवारी प्राप्त होला । 

धनु : मन प्रसन्न हुनेछ । नयाँ सवारी किन्ने योजना बन्नेछ ।  व्यवसायमा गरेको लगानीको प्रतिफल कुर्नुपर्ने छ ।

मकर :  शिक्षा र स्वास्थ्यको क्षेत्रमा सफलता मिल्नेछ । सहकर्मीको साथ र सहयोग मिल्नेछ । 

कुम्भ : बिहान उठेर धार्मिक कार्यमा सहभागी हुँदा मन प्रसन्न रहने छ । आटेका कार्यहरू पुरा हुनेछन् ।

मीन : नजिकैको साथीसँग सल्लाह गरेर अगाडि बढ्दा सहज हुनेछ। स्वास्थ्यले साथ दिनेछ ।