माघ ८ :

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आज पदबहाली गर्दै छन् । पदबहालीको अघिल्लो दिन नै ट्रम्पले आफ्ना समर्थकहरूलाई सम्बोधन गरिसकेका छन् ।

विजयी र्‍याली गरिरहेका हजारौँ समर्थकहरू माझ ट्रम्पले पदबहालीको पहिलो दिन भएको सम्बोधनमा धेरै कार्यकारी आदेशहरूका हस्ताक्षर गर्ने योजना रहेको बताएका थिए ।

केही रिपोर्टहरूले ट्रम्पले अध्यागमन लगायत विषयमा दर्जनौं आदेशहरुमा हस्ताक्षर गर्न सक्ने अनुमान गरेका छन् ।

वासिङ्टन डिसीमा नयाँ राष्ट्रपतिको पदबहालीका लागि भव्य तयारी गरिएको छ । यो समारोहमा संसारभरका नेताहरू सहभागी हुनेछन् ।