
इजरायल र हमासबीचको युद्धविराम दोस्रो दिनमा प्रवेश गर्दैछ ।
युद्धविरामको पहिलो चरण अन्तर्गत ९० जना प्यालेस्टिनी कैदीलाई रिहा गरिएको इजरायली जेल सेवाले जनाएको छ ।
हमासले यसअघि एक बेलायती नागरिक सहित तीन जना इजरायली महिलालाई रिहा गरेको थियो । उनीहरूको तेल अभिभ अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था स्थिर रहेको समाचार छ ।
बन्धक आदानप्रदानसंगै दुवै पक्षबाट भावनात्मक पुनर्मिलन भएको छ ।प्यालेस्टिनीहरूलाई उनीहरूका परिवारहरूले अँगालो हाल्दै जयजयकार गरेका थिए । इजरायली बेलायती बन्धक एमिली डामारीले आफ्नो परिवारसँग भिडियो कल गरेको गतिशील क्षण साझा गरेकी छन् ।
युद्धविरामपछि पहिलो पटक सुरक्षित महसुस गरेका कारण राम्रोसँग सुत्न सकेको बताएका छन् ।
प्यालेस्टाइनीहरूआफ्नो ध्वस्त भएको घर त फर्केका छन् भविष्यमा के हुन्छ भन्ने बारे चिन्तित रहेको बताएका छन् ।