
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) बीच दुईपक्षीय सम्झौता भएको छ ।
मन्त्रालयअन्तर्गका विभिन्न विभागीय निकाय अथवा जिल्लास्थित कार्यालयहरुबाट स्वीकृत विभिन्न अध्ययन-अनुसन्धान, नीति तथा योजना मस्यौदा, पाठ्यक्रम मूल्यांकन, विद्यार्थी सिकाइ उपलब्धि परीक्षण, विद्यालयको कार्यसम्पादन परीक्षण, उच्चस्तरीय सेमिनार गोष्ठी व्यवस्थापनलगायत क्षेत्रमा सहकार्य गर्नका लागि मन्त्रालय र सेरिडबीच सम्झौता भएको उपप्राध्यापक डा. देवराज आचार्यले जनाए ।
यसैगरी उनका अनुसार आवश्यकता र औचित्यका आधारमा सेरिडसँग उपलब्ध प्राज्ञिक एवं विज्ञस्रोत हासिल गर्न तथा परिचालन गर्न सहकार्य एवं साझेदारीको स्थापित अभ्यासलाई कानुनसम्मत र औपचारिक संयन्त्रको स्वरूप प्रदान गर्ने उद्देश्यले दुई निकाय बीचको समझदारी-पत्र सोमबार आदानप्रदान गरिएको हो ।