
काठमाडौं, माघ ८ :
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई ५० लाख धरौटी छाड्न काठमाडौं अदालतको आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतमा आज (सोमबार) भएको थुनछेक बहसपछि उनलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
अदालतको आदेशसँगै उनी धरौटी बुझाउने प्रक्रियामा छन् । उनी कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए ।जोशीविरुद्ध अन्य जिल्लामा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको छ ।