माेरङ, माघ ८ :

गृहमन्त्री रमेश लेखकले संविधान संशोधनको विषयमा दलहरुकोबीचमा छलफल सुरु भइसकेको बताएका छन्।

विराटनगर विमानस्थलमा सोमबार पत्रकारसंग कुरा गर्दै गृहमन्त्री लेखकले संविधानमा संशोधन गर्नुपर्ने विषयवस्तुका विषयमा समेत पहिचानको काम सुरु भइसकेको बताए । ‘संविधान संशोधनको विषय चरणबद्ध रुपमा अघि बढ्छ उनले भने, ‘संशोधनको काम सबै राजनीतिक दलको सहमतिको आधारमा गर्ने हो।’

लेखकले आजको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन आह्वान गर्ने समेत जानकारी दिए। संसद अधिवेशनको पहिलो दिन नै अध्यादेशलाई प्रस्तुत गरिने र पारित गर्नतर्फ लाग्ने बताए ।