आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते#साइबर ब्युरो#प्रहरीबाट लगातार ताकेता#पृथ्वी राजमार्ग अवरुद्ध #सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते#साइबर ब्युरो#प्रहरीबाट लगातार ताकेता#पृथ्वी राजमार्ग अवरुद्ध
समाचार

संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउन सिफारिस

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ८ माघ, २०८१ मा प्रकाशित
संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउन सिफारिस
काठमाडौं, माघ ८ :

सरकारले यही माघ १८ गते हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ। सिंहदरबारमा आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले उक्त मितिमा  संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् अधिवेशन बोलाउनेबारे साोमबारै सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए। संसद् अधिवेशन तत्काल नबोलाए विशेष अधिवेशन माग गर्ने भन्दै विपक्षी दलले सरकारमाथि दवाब बढाएको एक साता नपुग्दै सरकारले मिति तय गरेको हो । 

प्रधानमन्त्री ओलीले गत शुक्रबार दुई साताभित्रै स‌ंसद खुल्ने बताएका थिए । गत भदौ ३१ गते संसद्को वर्षे अधिवेशन अन्त्य भएको थियो। एक अधिवेशनबाट अर्के अधिवेशनको ग्याप चार महिना भन्दा बढी हुन नहुने व्यवस्था छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार