जनकपुरधाम, माघ ८ :

मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह चढेको गाडी दुर्घटना भएको छ ।

जनकपुरधामको रामानन्द चोकमा सोमबार बेलुकी मन्त्री सिंह सवार मधेश प्रदेश ०२-००१ झ ०१६५ नम्बरको गाडीलाई खानेपानी डिभिजन पर्साको मधेस प्र ०३–००१ झ ००९६ नम्बरको गाडीले ठक्कर दिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

दुर्घटनामा मन्त्रीसँगै दुवै गाडीका चालकसमेत घाइते भएका छन् । उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।