काठमाडौँ, माघ ९ :

 

मेष :  नयाँ सामान जोड्ने अवसर मिल्नेछ । धार्मिक व्यक्‍तिसँगको भेटले मनमा रहेका शङ्का निवारण हुनेछन् । 

वृष :  बोली र व्यवहारमा एक रुपताको खाँचो देखिन्छ । बौद्धिक व्यक्तिले उचित सल्लाह दिँदा कार्यहरू सफल हुनेछन् ।

मिथुन : वैदेशिक रोजगारीमा मन आकर्षित हुनेछ । लगानी गरेको भए फाइदा हुने दिन छ । 

कर्कट : बिहान भजन सुनेमा दिनभर मन शान्त बन्ने छ । नयाँ काम गर्दा परिवारको सुझाव लिएर अगाडि बढ्दा राम्रो हुनेछ ।

सिंह : संयुक्त लगानीबाट फाइदा हुनेछ । परिवारसँग घुमघाम गर्ने योग छ ।  व्यापारमा गरेको लगानी खेर जाने छैन् ।

कन्या : परिवारसहित धार्मिक कार्यक्रममा उपस्थित हुने दिन छ । विपक्षी शान्त भएकाले सोचेका काम सहजै बन्नेछन् ।

तुला : शिक्षामा गरेको लगानीको परिणाम राम्रो प्राप्त हुनेछ । नयाँनयाँ कार्यक्रम थपिँदै जाँदा मन खुशी हुनेछ । 

वृश्चिक : धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ । दाम्पत्य जीवन सुखमय बन्नेछ ।

धनु : घरमा अकस्मात् पाहुना आउने भएकाले खानपानको जोहो गरिराख्‍नु उचित हुने छ । थोरै बोलेर सबैको जित्ने दिन छ । 

मकर : बौद्धिक साथीसँग भेटघाट हुने दिन छ । महत्त्वपूर्ण कामको गोपनीयता भङ्ग नगर्नु उचित हुने छ ।

कुम्भ : शिक्षा र धार्मिक क्षेत्रमा चासो बढ्नेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर रहने छ ।

मीन : आज पश्चिमको लामो यात्रा गर्नुपर्ने दिन छ । परिवारमा भन्दा बाहिरकाले साथ सहयोग गर्नेछन् ।