काठमाडौँ, माघ ९ :

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। 

पहाडी भू- भागमा आंशिक बदली तथा बाँकी भू- भागमा मौसम मुख्यतया सफा छ। साथै तराइका धेरै भू- भागहरूमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू- भागमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी भू- भागमा मौसम मुख्यतया सफा हुनेछ।

सुदूरपश्चिम प्रदेशका उच्च स्थानमा आंशिकदेखि साधारणतया बदली रही एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

दिउँसो र राति भने सबै ठाउँको मौसम मुख्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।