
काठमाडौँ, माघ ९ :
नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।
बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बस्ने एमाले प्रचार विभागले जनाएको छ ।
एमालेले केन्द्रीय कमिटी बैठकका निर्णयसहित अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्ने तयारी गरेको छ । पुस तेस्रो साता एमाले केन्द्रीय कमिटी बैठक बसेको थियो ।
सचिवालय बैठकले एमालेमा प्रवेश गर्न लागेका नेता वामदेव गौतमलाई दिने जिम्मेवारीका विषयमा पनि छलफल गर्ने बताइएको छ ।