
सङ्घीय सांसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछन् ।
आज सार्वजनिक लेखा समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकारी समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा उपसमितिहरूले समितिमा छलफल गर्ने भनी औँल्याएका विषय तथा समितिमा प्राप्त उजुरी सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ स् ३० बजे बस्ने छ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल गर्ने कार्यसूची रहेको छ ।
यसैगरी दिउँसो एक बजे बस्ने कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा महान्यायाधीवक्ताको कार्यालयको कामकारबाहीको सम्बन्धमा छलफल हुनेछ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ ।
छलफलका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई आमन्त्रण गरिएको छ ।