काठमाडौँ, माघ ९ :

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ ।

आज बिहान ८ बजेदेखि सुरु उम्मेदवारी दर्ता साँझ ६ बजेसम्म चल्ने छ । उम्मेदवारी दर्ता अनलाइन मार्फत् भइरहेको छ ।

२३ औं राष्ट्रिय सम्मेलन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि यही माघ १२ गते निर्वाचन गर्ने तालिका रहेको छ ।

गत असोज १० देखि १४ गतेसम्ममा कीर्तिपुरमा आयोजित राष्ट्रिय सम्मेलनमा उमेर हद कायम गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदा नेतृत्व चयन नगरी सम्मेलन स्थगित भएको थियो । 

३२ वर्ष उमेर हद लगाउने कि खुला गर्ने भन्ने विषयमा मतदान हुँदा ३२ वर्ष उमेर हद लगाउने पक्षमा बहुमत आएको थियो । सोही नतिजा अहिले उम्मेदवारी दर्ता भइरहेको हो ।