काठमाडौँ, माघ ९ :

नेपाली बजारमा आज (मङ्गलबार) सुनचाँदीको मूल्य बढेको छ। 

आज छापावाल सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढेको हो । 

मूल्यवृद्धिसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५८ हजार एक सय रुपैयाँ कायम भएको  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

सोमबार छापावाल सुनको मूल्य १ लाख ५७ हजार रुपैयाँ कायम रहेको थियो । 

यस्तै, आज चाँदीको मूल्य १५ ले बढेर तोलामा एक हजार ८७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।