शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
समाचार विदेश

ताइवानमा ६ म्याग्नेच्युडको भूकम्प

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ९ माघ, २०८१ मा प्रकाशित
ताइवानमा ६ म्याग्नेच्युडको भूकम्प
तस्बिर : एएफपी
माघ ९ :

दक्षिणी ताइवानमा मंगलबार बिहान ६ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्पमा परेर अहिलेसम्म १५ जना घाइते भएको सीएनएनले जनाएको छ । भूकम्पबाट अहिलेसम्म मृत्युको रिपोर्ट भने आएको छैन ।

स्थानीय समयअनुसार मंगलबार बिहान १२:१७ बजे युजिङबाट १२ किलोमिटर (७ माइल) उत्तरको क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसले जनाएको छ । यूएसजीएसका अनुसार भूकम्पको गिहराइ १० किलोमिटर रहेको छ ।

ताइवानको केन्द्रीय मौसम प्रशासनले भने भूकम्प ६.४ म्याग्निच्युड रेकर्ड गरेको छ । उद्धारकर्ताहरु उद्धारमा खटिइरहेको पनि सीएनएनले जनाएको छ । भूकम्पको प्रभाव ताइवानसँगै जापान, फिलिपिन्स र चीनमा पनि परेको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार