अछाम, माघ ९ :

 मातृभूमि जागरण अभियानमा लागेका भीम रावलको पक्षमा अछामका जनता उर्लिएका छन् । अछामका १ हजार ८६ जना रावलको अभियानमा लागेको उनका समर्थकले आज (मंगलबार)  पत्रकार सम्मेलन गर्दै दाबी गरेका छन् ।

जारी वक्तव्यमा अछामबाट प्रतिनिधित्व गर्ने एमालेको सुदूरपश्चिम प्रदेश कमिटी प्रदेश कमिटी तथा विभागीय सदस्य रहेका ७ जना, केन्द्रीय विभागका दुई जना, जिल्ला कमिटी सचिवालय सदस्य ५ जना भीम रावलका पक्षमा उभिएका छन्।  १ हजार ८६ मध्ये पाँच जनाबाहेक सबै एमालेका छन् ।

पत्रकार सम्मेलनमा एमाले अछामका संगठन विभाग प्रमुख प्रकाश शाहले हाललाई नेकपा एमाले परित्याग गरेको नभई मातृभूमि जागरण अभियानलाई समर्थन गरेको दाबी गरे ।

स्वतन्त्र बनेपछि मातृभूमि जागरण अभियानको घोषणा गर्दै रावल अहिले गृहजिल्ला अछाममा छन् । उनलाई केहीसमय अघि एमालेले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो ।