शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

भीम रावलको पक्षमा लागेका अछामका १ हजार ८६ जना के एमालेकै हुन् ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ९ माघ, २०८१ मा प्रकाशित
भीम रावलको पक्षमा लागेका अछामका १ हजार ८६ जना के एमालेकै हुन् ?
अछाम, माघ ९ :

 मातृभूमि जागरण अभियानमा लागेका भीम रावलको पक्षमा अछामका जनता उर्लिएका छन् । अछामका १ हजार ८६ जना रावलको अभियानमा लागेको उनका समर्थकले आज (मंगलबार)  पत्रकार सम्मेलन गर्दै दाबी गरेका छन् ।

जारी वक्तव्यमा अछामबाट प्रतिनिधित्व गर्ने एमालेको सुदूरपश्चिम प्रदेश कमिटी प्रदेश कमिटी तथा विभागीय सदस्य रहेका ७ जना, केन्द्रीय विभागका दुई जना, जिल्ला कमिटी सचिवालय सदस्य ५ जना भीम रावलका पक्षमा उभिएका छन्।  १ हजार ८६ मध्ये पाँच जनाबाहेक सबै एमालेका छन् ।

पत्रकार सम्मेलनमा एमाले अछामका संगठन विभाग प्रमुख प्रकाश शाहले हाललाई नेकपा एमाले परित्याग गरेको नभई मातृभूमि जागरण अभियानलाई समर्थन गरेको दाबी गरे ।

स्वतन्त्र बनेपछि मातृभूमि जागरण अभियानको घोषणा गर्दै रावल अहिले गृहजिल्ला अछाममा छन् । उनलाई केहीसमय अघि एमालेले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार