
काठमाडौं, माघ ९ :
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ।
सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सभापतिका श्रीमति सहकारी ठगी र स्वकीय सचिव ठगीमा संलग्न भएको अभियोगमा मुद्दा खेपिरहेकाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका हुन् ।
प्रतिपक्षी दललाई सभापति दिनुपर्ने भन्दै माओवादी केन्द्रले पटक-पटक लेखा समिति सभापतिको राजीनामा माग्दै आएको छ। लेखा समितिको सभापति आफ्नो हुनुपर्ने माओवादीले जोडदिँदै आएको छ ।