
फाइल तस्बिर ।
काठमाडौं, माघ ९ :
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले अनुशासनको कारबाही गरेको छ ।
गत साता सम्पन्न जय ट्रफी एलिट कपका बेला लामिछानेले अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेका थिए । सोही विषयमा उनलाई कारबाही गरिएको क्यानले जनाएको छ ।
लामिछानेलाई क्यानले एक खेलका लागि निलम्बन गर्दै स्पष्टीकरणसमेत सोधेको छ ।