काठमाडौं, माघ ९ :

नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन ६ दशमलव ७८ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज (मंगलबार) पाँच दशमलव शून्य आठ अंकले बढेर २६ सय १३ दशमलव शून्य आठ अंकमा पुगेको छ ।

यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक अंकले बढेर चार सय ४० दशमलव १४ अंकमा पुगेको छ । नेप्सेमा आज ३११ कम्पनीको ६९ हजार आठ सय ४० पटकको कारोबारमा एक करोड १६ लाख २६ हजार २० कित्ता सेयर खरिद-बिक्री भएको छ । जसकारण कुल कारोबार रकम ६ अर्ब १९ करोड एक लाख ४१ हजार आठ सय ९१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकोमा पाँच समूहको सूचक घटेर बाँकी समूहको सूचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक चार दशमलव ७८ अंकले घटेर १३ सय ४१ दशमलव ३२ अंकमा झरेको छ । फाइनान्स समूहको सूचक २७ दशमलव १६ अंकले घटेर २६ सय पाँच दशमलव ४२ अंकमा झरेको छ ।

जलविद्युत् समूहको सूचक ३४ दशमलव शून्य दुई अंकले घटेर ३६ सय ४९ दशमलव ५० अंकमा झरेकामा सामूहिक लगानी कोष र व्यापार समूहको सूचक पनि क्रमशः शून्य दशमलव शून्य नौ र ९३ दशमलव ७९ अंकले घटेका छन् ।

विकास बैंक समूहको सूचक भने १० दशमलव ५८ अंकले बढेर पाँच हजार तीन सय ६७ दशमलव ७८ अंकमा चढेको छ । होटेल तथा पर्यटन समूहको सूचक ५२ दशमलव शून्य आठ अंकले बढेर ६ हजार सात सय दशमलव ६६ अंकमा चढेको छ ।

१४ विकास बैंकको वित्तीय विवरण : तीन वटाले घाटा बेहोर्दा ११ वटाले नाफा कमाए

जीवन बिमा समूहको सूचक पनि एक सय ३९ दशमलव ६८ अंकले बढेर १२ हजार आठ सय ३३ दशमलव ४० अंकमा चढेको छ । निर्जीवन बिमा समूहको सूचक पनि दुई सय २३ दशमलव ७६ अंकले बढेर १२ हजार सात सय ५५ दशमलव ९० अंकमा चढेको छ ।

यीबाहेक लगानी, उत्पादनमूलक, लघुवित्त र अन्य समूहको सूचक पनि क्रमशः शून्य दशमलव ७४, ६२ दशमलव ९६, एक दशमलव ५८ र ५४ दशमलव ५७ अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा मन्दाकिनी हाइड्रो पावर  लिमिटेड परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा रिभर फल्स पावर लिमिटेड छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा सीईडीबी होल्डिङ लिमिटेड पहिलो स्थानमा छ ।