काठमाडौँ, माघ १० :

 

मेष : आज नयाँ नयाँ अवसर पाउने योग छ । धर्मकर्ममा मन जानुका साथै दैनिक कार्यमा प्रगति हुनेछ।

वृष : मनोरञ्जनात्मक कार्यमा सहभागी हुने दिन छ । रमणीय र सुखद यात्राको योग छ। शिक्षामा सफलता प्राप्त हुनेछ ।

मिथुन : समय व्यवस्थापन गर्न नसक्दा प्रेममा मनमुटाव आउन सक्ने भएकाले सचेत हुनुपर्ने छ । ससाना समस्या समाधान हुनेछन्।

कर्कट : नाम दामर प्रतिष्ठा कमाउने दिन छ। बोलीको प्रभावले विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ। 

सिंह : नयाँ योजना र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। नजिकका साथीले काममा साथ दिनेछन्। आफन्तबाट सहयोग प्राप्त हुनेछ। 

कन्या : सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। अधुरा कार्य पूरा हुनेछन्। स्वास्थ्यमा भने ख्याल गर्नुपर्ने दिन छ।

तुला : आफूलाई मनमा लागेको कुरा खरिद गर्ने दिन छ । आजै उपहार पनि प्राप्त हुन सक्छ। दिन रमाइलो छ ।

वृश्चिक : लामो समयदेखि रोकिएका कामहरू पुरा हुनेछन् । साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ।

धनु : समाजसेवामा मन लाग्नेछ। साथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ। 

मकर : कुनै कारणवश रोकिएको कामले गति लिनेछ। रमाइलो यात्राको योग छ। नयाँ काम पाइनेछ। 

कुम्भ : महत्वाकाङ्क्षी योजनामा सफल हुन केही समय पर्खनु पर्छ। अप्ठेरोमा आफन्तको साथ र सल्लाह पाइनेछ।

मीन : राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। नयाँ र शुभकार्यको चर्चा चल्नेछ। दाम्पत्य जीवन खुसीमय बन्ने छ ।