शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ#चक्रवात ‘अर्नब’को प्रभाव#कर्णाली याक्स#आईजीपी कार्की#यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स #मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ#चक्रवात ‘अर्नब’को प्रभाव#कर्णाली याक्स#आईजीपी कार्की#यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स
समाचार

ओखलढुङ्गामा ७९ करोड बढी विकास बजेट फ्रिज

· मंगलबार, ३० साउन, २०८१ मा प्रकाशित
ओखलढुङ्गामा ७९ करोड बढी विकास बजेट फ्रिज
ओखलढुङ्गा, साउन ३० :

गत आर्थिक वर्ष २०८०/८१ मा ओखलढुङ्गामा ७९ करोडभन्दा बढी विकास बजेट ‘फ्रिज’ भएको छ । विकास निर्माणका लागि विनियोजन भए पनि समयमा काम सम्पन्न नहुँदा बजेट फ्रिज भएको हो ।

कुल ७९ करोड ३९ लाख ६२ हजार तीन सय ५५ दशमलव १६ पैसा फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले जानकारी दिनुभयो । 

समयमा काम सम्पन्न नहुँदा जिल्लाका लागि प्रदेश तथा सङ्घीय सरकारले विनियोजन गरेको बजेटमध्ये खर्च हुन नसकेको उक्त बजेट फ्रिज भएको हो । 

सङ्घ र प्रदेश दुवैतर्फ गत आर्थिक वर्षमा जिल्लाका लागि कुल ८ अर्ब ५४ करोड ५१ लाख ७६ हजार एक सय १५ बजेट विनियोजन भएको थियो । 

तथ्याङ्कमा विकास बजेट खर्च नभएको देखिए पनि राष्ट्रिय गौरवको योजनाका रुपमा रहेका लिखु करिडोर, मोलुङ करिडोर, दर्जनौँ सडक पुलसहितका पूर्वाधारका काम वर्षौंदेखि बजेट अभावमा अधुरै रहेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार