शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश गण्डकी प्रदेश

कालीगण्डकी नदीमा मोटरेवल पुल सञ्चालन भएसँगै बागलुङ-पोखरा दूरी छोटियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १० माघ, २०८१ मा प्रकाशित
कालीगण्डकी नदीमा मोटरेवल पुल सञ्चालन भएसँगै बागलुङ-पोखरा दूरी छोटियो
बागलुङ, माघ १० :

कालीगण्डकी नदीमा १३ करोड १२ लाख ४९ हजार ३ सय ६४ रुपैयाँको लागतमा निर्मित मोटरेवल पुल यसै सातादेखि सञ्चालनमा आएको छ ।

पुल सञ्चालन भएसँगै दक्षिण बागलुङबाट प्रदेश राजधानी पोखरासहितका ठूला सहरमा पुग्न सर्वसाधारणलाई सहज भएको छ । 

पुलबाट जैमिनी नगरपालिका १ र पर्वतको फलेवास नगरपालिका- ६ जोडिएका छन् । जैमिनी नगरपालिका- ५ का कृष्णबहादुर थापाले कालीगण्डकीमा पुल बनेपछि सामान ढुवानी र यात्रा गर्न धेरै सहज भएको बताए ।

पुलबाट यात्रा गर्दा अब पोखरा पुग्न ३० किलोमिटर दूरी घटेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार