
बागलुङ, माघ १० :
कालीगण्डकी नदीमा १३ करोड १२ लाख ४९ हजार ३ सय ६४ रुपैयाँको लागतमा निर्मित मोटरेवल पुल यसै सातादेखि सञ्चालनमा आएको छ ।
पुल सञ्चालन भएसँगै दक्षिण बागलुङबाट प्रदेश राजधानी पोखरासहितका ठूला सहरमा पुग्न सर्वसाधारणलाई सहज भएको छ ।
पुलबाट जैमिनी नगरपालिका १ र पर्वतको फलेवास नगरपालिका- ६ जोडिएका छन् । जैमिनी नगरपालिका- ५ का कृष्णबहादुर थापाले कालीगण्डकीमा पुल बनेपछि सामान ढुवानी र यात्रा गर्न धेरै सहज भएको बताए ।
पुलबाट यात्रा गर्दा अब पोखरा पुग्न ३० किलोमिटर दूरी घटेको छ ।