चितवन, माघ १० :

गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका- ५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ । 

आक्रमणबाट घाइते  उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । 

उनलाई यही माघ ३ गते माडी नगरपालिका- १ ध्रुवचोकमा गैँडाले आक्रमण गरेको थियो ।