शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार स्वास्थ्य

महोत्तरीका अस्पताल श्वासप्रश्वासका बिरामीले भरिए, चिसोले बालबालिका र वृद्धवृद्धा समस्यामा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १० माघ, २०८१ मा प्रकाशित
महोत्तरीका अस्पताल श्वासप्रश्वासका बिरामीले भरिए, चिसोले बालबालिका र वृद्धवृद्धा समस्यामा
महोत्तरी, माघ १० :

निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् । जिल्लाका सबै भेगमा बिरामी बढेका स्थानीय अस्पतालले जनाएका छन् ।

सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा बिरामीको चाप बढेको छ । बितेका सात दिनमा  दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आइरहेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विकासकुमार साहले बताए ।

चिसोले दमका बिरामी बढेको र उपचारार्थ आउने बिरामीमा पाँच वर्षमुनिका बालबालिका र ६० वर्षमाथि उमेरका बढी छन् । 

बर्दिबास अस्पतालमा पनि बिरामी बढेका छन् । माघ लागेसँगै दैनिक एक सय १० देखि एक सय २५ जनासम्म बिरामी आउने गरेका बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदीपकुमार ठाकुरले जानकारी दिए ।

जिल्लाका गौशाला र दक्षिणवर्ती सम्सीस्थित प्राथमिक उपचार केन्द्रमा पनि बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक नवलकिशोर साहले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार