बुटवल, माघ १० :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछाने रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका छन्न् । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलन मुद्दामा पक्राउ पुर्जी जारी भएसँगै उनी अदालत उपस्थित भएका हुन् ।

मुद्दा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा लामिछानेको मुद्दामा आज थुनछेक बहस हुँदैछ ।आइतबार रविसहित थप २२ जनाविरुद्ध सुप्रिम सहकारी अनियमितताविरुद्ध मुद्दा दायर भएको थियो । 

लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ। लामिछाने बयानका लागि मंगलबार भैरहवा पुगेका थिए।सुप्रिम सहकारी प्रकरणामा अहिलेसम्म ४२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।