
भारतको राजधानी नयाँ दिल्लीमा भएको ११ औं अटो ट्रेड डायलग सम्पन्न भएको छ । यही जनवरी २० मा सोसाइटी अफ इण्डियन अटोमोवाइल म्यानुफयार्चस (यसआईएयम) का अध्यक्ष राहुल भारतीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
नाडाका अध्यक्ष करण चौधरीले स्थानियकरण गरिएका नीति र त्यसले व्यापारमा पार्ने प्रभाव सम्बन्धी प्यानेल छलफलमा नेपालको अटोमोवाइल क्षेत्रले राष्ट्रिय अर्थतन्त्र र रोजगारीमा दिएको योगदानबारे जानकारी गराएका थिए।
सोही क्रममा अध्यक्ष चौधरीले नेपालको सडक शुरक्षाका सम्बन्धमा भईरहेको प्रयासबारे बताउँदै नेपाल सवारी साधनहरुको आयातकर्ताबाट एसेम्बली प्लाण्ट मार्फत उद्योगतर्फ अग्रसर हुदै गएको जानकारी गराए ।
अध्यक्ष चौधरीले नेपालमा आइसी गाडीहरुको आयात घटदै गएको भए पनि नेपालको सरकारले ग्रीन इनर्जिलाई उच्च प्राथमिकतामा राखेको फलस्वरुप नेपालमा विद्युतिय सवारी साधनहरुको आयात हरेक बर्ष बढदै गएको र सोही अनुरुप चार्जिङ्ग स्टेशनहरु पनि क्रमशः थपिदै गएको बताए । यसै क्रममा अध्यक्ष चौधरीले नेपाल अहिले विद्युतिय सवारी साधनहरुको हव बन्दै गएको समेत बताए ।