शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
राजनीति

जिल्ला अदालत रुपन्देहीमा रविको बयान सुरु, दुवैतर्फका वकिलले बहस गर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १० माघ, २०८१ मा प्रकाशित
जिल्ला अदालत रुपन्देहीमा रविको बयान सुरु, दुवैतर्फका वकिलले बहस गर्ने
काठमाडौं, माघ १० :

सुप्रिम सहकारी ठगीको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछानेको बयान सुरु भएको छ ।

 जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा बयान भइरहेको छ । रविको बयानपछि रूपन्देही जिल्ला अदालतका न्यायधिवक्ता  प्रेम पौडेल, सह-न्यायधिवक्ता गोकर्ण घिमिरे, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले बहस गर्नेछन्  । 

यस्तै लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र वरिष्ठ अधिवक्ता नारायण कँडेललगायतले बहस गर्नेछन् । लामिछानेसहित छविलाल जोशी, जीबी राईसहित पूरक १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दर्ता भएको छ ।

लामिछानेसँग मात्रै करिब चार करोड रपैयाँभन्दा बढीको माग दाबी गरिएको छ । मुद्दा दर्ता भएपछि लामिछाने आज आफैं अदालतमा उपस्थित भएका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार