
काठमाडौं, माघ १० :
काठमाडौं महानगरपालिकाको सहकारी विभागमा ६ हजार २६६ जना बचतकर्ताले बचत फिर्ता गराइदिन मागदाबीसहित निवेदन दिएका छन् ।
महानगरपालिकाले अनुसन्धान र कारबाहीका लागि प्रहरीमा पठाएका ११८ वटा सहकारीका बचतकर्ताले ४ अर्ब ४९ करोड ४५ लाख ६८ हजार ८३४ रुपियाँ मागदाबी गरेका हुन् ।
सङ्घीय सरकारअन्तर्गतको सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेसँग महानगरपालिकाको सहकारी विभाग प्रमुख नमराज ढकालले यस सम्बन्धी जानकारी दिएका हुन् ।
महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१७ वटा सहकारी संस्था छन् । महानगरपालिकाको विभाग, सञ्चालक समितिका सदस्य, बचतकर्ता, ऋणी, घरधनी र कर्मचारीसँग सम्बन्धित धेरै उजुरी र गुनासो आउने गरेका छन् ।