
नेप्से सूचक तथा कारोबार रकम दुवै उच्च अंकले बढेका छन् । अघिल्लो दिन पाँच दशमलव शून्य आठ अंकले बढेको नेप्से साताको चौथो कारोबार दिन आज (बुधबार) ५२ दशमलव ३६ अंकले बढेर २६ सय ६५ दशमलव ४५ अंकमा पुगेको छ ।
यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ६५ अंकले बढेर चार सय ४८ दशमलव ८० अंकमा पुगेको छ ।
नेप्सेमा आज ३२२ कम्पनीका ९० हजार ६ सय ९६ पटकको कारोबारमा एक करोड ७६ लाख ९२ हजार आठ सय १९ कित्ता सेयर किनबेच भए । जसकारण कुल कारोबार रकम नौ अर्ब २० करोड ३० लाख ८८ हजार तीन सय ४९ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा १३ वटैको सूचक बढेर नेप्से पूरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १७ दशमलव ८२ अंकले बढेर १३ सय ५९ दशमलव १५ अंकमा पुगेको छ । विकास बैंक समूहको सूचक एक सय ४७ दशमलव २९ अंकले बढेर पाँच हजार पाँच सय १५ दशमलव शून्य आठ अंकमा पुगेको छ ।
फाइनान्स समूहको सूचक २३ दशमलव ३१ अंकले बढेर २६ सय २८ दशमलव ७३ अंकमा पुगेको छ । जलविद्युत् समूहको सूचक ७७ दशमलव ६९ अंकले बढेर तीन हजार सात सय २७ दशमलव १९ अंकमा पुगेको छ ।
जीवन बिमा समूहको सूचक दुई सय ४३ दशमलव २५ अंकले बढेर १३ हजार ७६ दशमलव ६६ अंकमा पुगेकोमा निर्जीवन बिमा समूहको सूचक एक सय २७ दशमलव ९८ अंकले बढेर १२ हजार आठ सय ८३ दशमलव ८९ अंकमा पुगेको छ ।
यीबाहेक होटेल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः एक सय ८२ दशमलव शून्य एक, तीन दशमलव ८७, पाँच दशमलव ८१, शून्य दशमलव शून्य नौ, ८५ दशमलव १६ र एक सय ६ दशमलव ९३ अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा बाराही हाइड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड परेको छ ।