शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
समाचार

निर्वाचनमा दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १० माघ, २०८१ मा प्रकाशित
निर्वाचनमा दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग
काठमाडौं, माघ १० :

दलितका मागप्रति सरकारले बेवास्ता गरेको भन्दै दलित अभियान नेपालले निर्वाचन आयोगको अगाडि धर्ना दिएको छ। दलितको प्रतिनिधि सुनिश्चित हुने खालको समानुपातिक निर्वाचन प्रणाली बनाउनुपर्ने लगाएतका मागहरु उनीहरूले अघि सारेका छन् ।

एकीकृत निर्वाचन विधेयकले दलितको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित नगरेको जनाउँदै संविधानले स्वीकार गरेको दलित समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गरी एकीकृत निर्वाचन ऐन जारी गर्नुपर्नेमा जोड दिएका छन् ।

मिश्रित निर्वाचन प्रणाली कायम गर्ने हो भने प्रत्यक्षमा दलितका लागि समानुपातिक परिणाम आउने गरी निर्वाचन क्षेत्र आरक्षित गर्नुपर्ने ,आरक्षित नगर्ने हो भने दलितलाई प्रत्यक्षमा कम्तीमा समानुपातिक उमेद्वार बनाइनुपर्ने र प्रत्यक्षबाट निर्वाचित नभएको खण्डमा समानुपातिकबाट दलितको १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने अभियानको माग छ । साथै  स्थानीय तहको मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष पदमा दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने व्यवस्था गर्नुपर्नेमा समेत जोडदिइएको छ ।भृकुटीमण्डपबाट सुरु भएको र्‍याली निर्वाचन आयोग पुगेर धर्नामा परिणत भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार