काठमाडौँ, माघ ११ :

 

मेष : धैर्य गर्दा लगानीबाट फाइदा हुनेछ । सानो कुरामा मन नदुखाउदा राम्रो । परिवारसँगको सम्बन्ध सुमधुर रहने छ ।

वृष : शिक्षामा गरेको प्रयास सफल बन्नेछ । परिवारका सदस्यसँग गोपनीयता भङ्ग नगर्नु उचित होला ।

मिथुन :  सामाजिक कार्यमा सहभागी हुँदा मन शान्त बन्नेछ । छिमेकीसँग व्यवहार गर्दा सचेत बन्नुपर्नेछ ।

कर्कट : साना कुराले मन अशान्त बन्नसक्छ । सङ्कटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

सिंह : परिवारसँगको सहकार्यमा गरेको काममा फाइदा हुने योग छ। नयाँ गन्तव्यमा जान यात्राको योजना बन्ने छ ।

कन्या : धन सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ । विपक्षीले प्रशंसा गर्नेछन् । बोली र व्यवहारमा एकरूपता कायम राख्नुहोला ।

तुला : वैदेशिक यात्राको योजना बन्ने छ । एक्लै बस्दा मनमा नकारात्मक सोचाइ आउनसक्ने हुँदा परिवार र साथीभाइसँग रमाइलो गर्नु उचित हुने छ ।

वृश्चिक :  अगाडि गरेका कार्यहरू सफल हुँदा मन शान्त बन्नेछ । विश्वास गरेका साथीले धोका दिने भएकाले बोल्दा सचेत बन्नुपर्नेछ । 

धनु :  व्यापार व्यवसायमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ । सरकारी सेवामा भए बढुवा हुनेछ । साथीभाइले प्रशंसा गर्नेछन् । 

मकर : हरेक काममा अवरोध आउनसक्छ । परिवारको सल्लाह लिएर मात्र काम गर्नु उचित हुनेछ ।

कुम्भ : शुभग्रहको बहुमत छ । खानपानमा ख्याल गर्दा स्वास्थ्यमा सुधार आउने छ । अप्ठेरोमा परिवारको साथ पाइने छ ।

मीन : थालेका काम सहजै बन्ने योग छ । परिवारसँग घुमघाम हुनेछ । बोली र व्यवहारले रोकिएका कामहरू पुरा हुनेछन् ।