सुनसरी, माघ ११ :

अत्यधिक चिसोका कारण सुनसरीको इटहरी उपमहानगरपालिका अन्तर्गत सामुदायिक, धार्मिक तथा निजी विद्यालयहरुले आज र भोलि बिदा दिएका छन् ।

केही दिनयता चिसो र शीतलहर बढेपछि विद्यालय बन्द गर्ने निर्णय भएको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख रमेश शाहले बताए ।