काठमाडौँ, माघ ११ :

भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृतकमध्ये चार नेपाली रहेको बताइएको छ ।

मृत्यु हुने नेपालीहरूमा लछिराम पासी, इम्तियाज अली, बाबु खान र हिमु विश्वकर्मा रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

बुधबार पुष्पक एक्सप्रेस रेलमा आगो लागेको अफवाहका कारण भागदौड हुँदा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा यात्रुहरूको मृत्यु भएको थियो ।

घटनामा मृत्यु भएका १३ जनामध्ये ७ जनाको सनाखत भएको छ ।