
रामेछाप, माघ ११ :
पन्ध्र श्ययाको मन्थली अस्पतालको नवनिर्मित भवन मन्थली नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
भारत सरकारको आर्थिक सहयोगमा १० करोड १३ लाखको लागतमा निर्मित दुईतले नगर अस्पतालको भवन सघन सहरी तथा भवन निर्माण आयोजना मन्थलीका प्रमुख सुमन सालिकेले बुधबार मन्थली नगर प्रमुख लव श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
नगर प्रमुख श्रेष्ठले अस्पतालको सञ्चालन र व्यवस्थापन गर्न पालिकालाई सहज भएको बताए । साथै उनले नयाँ भवन भएपछि अस्पतालको सेवा विस्तार गर्ने सोचमा आफू रहेको जानकारी दिए ।
नगरको योजनाअनुसार मन्थली अस्पताललाई प्रदेश अस्पतालका रूपमा विस्तार गर्ने योजना उनले सुनाए।