
काठमाडौं, माघ ११ :
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा संघीय निजामती विधेयकमा दफावार छलफल सुरु भएको छ ।
समितिको बिहीबारको बैठकमा भएको छलफल प्रस्तावनासहित तीन दफामा सहमति जुटेको समिति सभापति रामहरि खतिवडाले बताए ।
सरकारले विधेयकमा प्रस्ताव गरेको प्रस्तावनामा समितिले संशोधन गरेको छ ।
समितिले सरकारले ल्याएको विधेयकको प्रस्तावनामा नेपालको संघीय निजामती सेवा 'पारदर्शी, समावेशी, जनउत्तरदायी र प्रविधिमैत्री' हुने शब्दहरू थप गरेको छ ।