काठमाडौं, माघ ११ :

कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सबै नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न आवश्यक रहेको बताएका छन् ।

प्रतिनिधि सभाअन्तर्गको कानुन, न्याय तथा मानव अधिकार समितिको बिहीबारको बैठमा उनले यस्तो बताएका हुन् । उनले वैदेशिक तथा आन्तरिक श्रमिक र रोजगारदातालाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरतसिंह भण्डारीलाई सुझाव दिए ।

 उनले सबै नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नेकुरा मन्त्रालय र मन्त्रीको सफलतासँग जोडिएको बताए । उनले वैदेशिक रोजगारमा जाने श्रमिकको हक र हितका लागि कानून मन्त्रालय सदैव सकारात्मक रहेको समेत बताए।

उनले भने, ‘उहाँ(श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री)ले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था हामी गर्दैछौं । जसमा ११ प्रतिशत व्यक्ति रोजगारदाता र २० प्रतिशत व्यक्ति सरकारले राख्ने र नेपालमा समेत श्रम गर्ने सबैलाई कोषमा आवद्ध गर्ने कुरा जुन राख्नुभयो । यो मन्त्रालयको सफलता  र मन्त्रीको सफलतासँग जोडिन जान्छ भन्ने मलाई लागेको छ ।’

सरकारले प्रत्येक नागरिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नसके ठुलो र ऐतिहासिक उपलब्धी हुने मन्त्री चौरसियाको भनाइ थियो ।