शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
प्रदेश गण्डकी प्रदेश

झोलुंगे पुलले छोट्यायो यात्रा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १२ माघ, २०८१ मा प्रकाशित
झोलुंगे पुलले छोट्यायो यात्रा
म्याग्दी, माघ १२ :

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका- ४ खिवाङको खोलाखर्कमा झोलुङ्गे पुल निर्माण भएपछि यात्रा अवधि छोटिएको छ । 

एक सय १२ मिटर लामो पुलबाट धवलागिरि- ४ खिवाङ, वडा नं ५ मलम्पार र मराङका एक सय ७० घरका आठ सय ५० जनसङ्ख्या लाभान्वित भएका छन् । ५७ लाख ५२ हजार पाँच सय ८८ को लागतमा पुल निर्माण भएको वडाध्यक्ष यामबहादुर घर्तीले बताए । 

उपभोक्ता समितिका सदस्य चन्द्रबहादुर हमालले पुल बनेपछि एक घण्टा ३० मिनेटको बाटो पाँच मिनेटमा छोटिएको बताए । “पहाडको टुप्पोबाट फेदीमा झरेर जङ्गल र भीरको बाटो भएर पुनः डाँडामा उक्लँदा भालु, चितुवाको डर थियो”, उनले भने, “पुल बनेपछि सुरक्षित रूपमा छोटो बाटो हिँड्न सहज भएको छ।” 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार