बुटवल , माघ १२ :

सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस हुने भएको छ । 

रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबारदेखि बहस चलिरहेको छ । 

बिहीबार थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको छ भने पीडित पक्षको दुई  जना वकिलको बहस बाँकी रहेको रूपन्देही जिल्ला अदालतका श्रेस्तेदार गोविन्द ज्ञवालीले बताए । 

आज पीडित र रविका तर्फबाट बहस हुने छ ।

लामिछानेलाई आज शुक्रबार १०ः ३० बजे अदालतमा उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाइएको थियो ।