
काठमाडौँ, माघ १२ :
अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ।
आज छापावाल सुन तोलामा एक लाख ६० हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बिहीबार सुन तोलामा एक लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । १० रुपैयाँ बढेर चाँदीको मूल्य आज एक हजार ८८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।