
तुलसीपुर, माघ १२ :
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल देश दौडाहामा छन् । यसैक्रममा दाङमा आयोजित विभिन्न कार्यक्रममा उनी सहभागी भएका छन् ।
तुलसीपुरको अरनिको मैदानमा हुने पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ दाहालको सचिवालयले जनाएको छ । शुक्रबार बिहान तुलसीपुरको बटोलपुरमा सहिद परिवारसँग भेटघाट गरी त्यही खाना खाएर सभामा सहभागी भएका हुन् ।
अध्यक्ष दाहालले तुलसीपुरको सभापछि सहिदस्मृति आवासीय माविमा पुगेर सहिद सन्ततिसँग भेटघाट गर्ने र साँझ घोराहीमा उद्योगी व्यापारीसँगको भेटघाट तय भएको छ ।
सचिवालयका अनुसार दाहाल भोलि (शनिबार) घोराही र देउखुरीमा हुने कार्यक्रमलाई सम्बोधन गरी काठमाडौं फर्कने कार्यक्रम तय छ ।