प्रधानमन्त्री केपी ओलीले भर्चुअल रूपमा दुई गाउँपालिका भवनको बालुवाटारबाटै उद्घाटन गरेका छन् ।
पाल्पाको तिनाउ गाउँपालिका र बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको प्रधानमन्त्री ओलीले शुक्रबार भर्चुअल रूपमा उद्घाटन गरेका हुन् ।
प्रधानमन्त्री ओली यी भवन उद्घाटन गर्न शुक्रबार पाल्पा जाने कार्यक्रम भए पनि चिकित्सकको सुझावका आधारमा उनी भौतिक रूपमा कार्यक्रममा सहभागी भएका थिएनन् ।
प्रधानमन्त्री ओलीले कार्यक्रमस्थलमा पुगेर उद्घाटन गर्नै इच्छा भए पनि स्वास्थ्यले साथ नदिएका कारण आउन नसकेको बताएका थिए ।
प्रधानमन्त्री ओलीले पाल्पा उर्वर भूमि र साक्षर जिल्ला भएकाले विकास निर्माणको मार्गलाई अझ तीव्र रुपमा अगाडि बढाउन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले बगनासकाली गाउँपालिकाको कार्यक्रमस्थल चिर्तुङ्गधारामा आउने र पाल्पाली जनतासँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण प्रत्यक्ष रूपमा उपस्थित हुन असमर्थ भएको बताएका थिए ।
ओलीले प्रशासकीय भवनबाट स्थानीय जनतालाई अझ राम्रो गरी सेवा र नयाँ अनुभूति मिल्ने गरी काम गर्न आग्रह गरेका थिए ।
उनले सिद्धबाबा सुरुङलगायत विकास निर्माणका काम आफूहरूकै पालामा सम्पन्न गर्ने पनि बताएका थिए ।
साथै उनले खनिज तत्त्वको प्रयोगमा पाल्पा अगाडि रहेको र कृषिमा उद्यमशीलता एवं समग्र विकासमा यो जिल्ला थप अग्रसर हुने अपेक्षा गरेका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते
साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद् महर्जन
थप समाचार
बाढीबाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको पुनःनिर्माणमा बजेटको कमी हुन नदिने : पूर्वाधार विकासमन्त्री लम्साल
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान