शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
समाचार

सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेको थुनछेक बहस हेर्दाहेर्दैमा

आइतबार पुन: उपस्थित हुने, लामिछानेलाई परिवारको जिम्मामा छाडियो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १२ माघ, २०८१ मा प्रकाशित
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेको थुनछेक बहस हेर्दाहेर्दैमा
काठमाडौं, माघ १२ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस हेर्दाहेर्दैमा राखिएको छ ।

आजको बहस नसकिएपछि मुद्दा आइतबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए । मुद्दाको बहस बुधबारबाट रुपन्देही जिल्ला अदालतमा न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा भइरहेको छ ।

बुधबार दिनभर बहस भएपछि बिहीबारबाट भने न्यायाधीश योगीको इजलासमा थुनछेक बहस भइरहेको छ । बिहीबार ८ जना सरकारी वकिलहरूले बहस गरेका थिए ।

आज (शुक्रबार) सुरुमा जाहेरवालाका तर्फबाट वकिलहरूको बहस भएको थियो । त्यसपछि प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशील पन्त र सुरेन्द्र थापाले बहस गरेका थिए । बहस नसकिएपछि आइतबार पुनः अदालतमा उपस्थित हुने सर्तमा लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार