धनुषा, माघ १२ :

जनकपुर उपमहानगरपालिका ९ स्थित सडकमा प्र.२–०२–००४ प ८१९६ नम्बरको मोटरसाइकल र ज.१ब ७९५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार शुक्रबार बिहान भएको दुर्घटनामा ज.१ ब ७९५ नम्बरको मोटरसाइकल चालक लक्ष्मीनिया गाउँपालिका १, सोहनीका ५० वर्षीय देवन्द्र यादवको मृत्यु भएको हो ।

दुर्घटनामा सख्त घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीले प्र.२-०२-००४ प ८१९६ नम्बरको मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।