शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
कला

‘प्ले इट वन’ ले ‘माया प्रीति’ बनाउने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १२ माघ, २०८१ मा प्रकाशित
‘प्ले इट वन’ ले ‘माया प्रीति’ बनाउने
काठमाडौं, माघ १२ :

वन टू थ्री स्टुडियोज् प्रालिको ब्यानरमा बन्ने नयाँ नेपाली चलचित्र ‘माया प्रीति’ घोषणा गरिएको छ ।

रोमान्टिक कमेडी श्रेणीमा आधारित यो चलचित्रलाई अवि श्रेष्ठले निर्देशन गर्नेछन् । चलचित्रका कार्यकारी निर्मातामा चर्चित अभिनेत्री निशा अधिकारी र सन्तोषकुमार कार्की छन् । चलचित्रको क्रिएटिभ निर्देशक प्रणव जोशी रहनेछन् ।

‘माया प्रीति’को निर्माण टोली नेपाल टेलिभिजनको अत्यधिक लोकप्रिय शो ‘प्ले इट अन’ मा पाँच वर्षसम्म लगातार काम गरेको अनुभवी समूह हो । यस चलचित्रका लागि शो का प्रस्तोताहरू अभी श्रेष्ठ र निशा अधिकारी, सहायक कार्यक्रम निर्माता सन्तोषकुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशी पुनः जुटेका हुन् ।

निर्देशक अवि श्रेष्ठका अनुसार यो नयाँ युगको प्रेम कथा हो, जसले सहज वा असहज परिस्थितिमा पनि प्रेमको मूल्यलाई एकसमान राख्छ । ‘सहज परिस्थितिमा त जसले पनि प्रेम गर्न सक्छ, तर यो कथा त्यस्ता पात्रको हो, जसले असहज परिस्थितिमा पनि सहजताका साथ प्रेमलाई बचाउँछ,’ श्रेष्ठले चलचित्रको कथाबारे बताए ।

यस चलचित्रबाट निर्देशनमा डेब्यु गर्न लागेका श्रेष्ठले हलिउडको प्रसिद्ध टेलिभिजन च्यानल एचबीओमा काम गरेका थिए । उनले अन्य विभिन्न अन्तर्राष्ट्रिय परियोजनामा पनि काम गरेका छन् ।

प्रणव जोशी चर्चित चलचित्र ‘रेशम फिलिली’का निर्देशक हुन् । जो यसपटक ‘माया प्रीति’का क्रिएटिभ निर्देशकका रूपमा रहनेछन् । उनी एक कुशल एआई कलाकार पनि हुन् । अभिनय यात्रामा थुप्रै हिट चलचित्रमा काम गरेकी लोकप्रिय अभिनेत्री निशा अधिकारी यस चलचित्रमा कार्यकारी निर्माताको रूपमा रहेकी छन् । त्यस्तै, कार्यकारी निर्माताका रूपमै फोटोग्राफी र अभिनयको क्षेत्रमा परिचित सन्तोषकुमार कार्की रहेका छन् ।

‘माया प्रीति’ मार्फत चलचित्र निर्माण सुरु गरेको वन टू थ्री स्टुडियोजले आगामी दिनमा लगातार अन्य चलचित्र निर्माण गर्ने तयारी गरिरहेको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार