शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
समाचार स्वास्थ्य

सबै किशोरीहरूलाई एचपिभी खोप लगाउन स्वास्थ्यमन्त्री पौडेलको अनुरोध

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १२ माघ, २०८१ मा प्रकाशित
सबै किशोरीहरूलाई एचपिभी खोप लगाउन स्वास्थ्यमन्त्री पौडेलको अनुरोध
काठमाडौँ, माघ १२ :

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाउन अनुरोध गरेका छन् । 

उनले आज एक भिडियो सन्देश जारी गर्दै नेपालमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी जोखिम बढ्दै गएको विभिन्न तथ्याङ्कले देखाएको भन्दै किशोरीलाई खोप लगाउन अनुरोध गरेका हुन् । उनले प्रारम्भिक किशोरावस्थामा एचपिभी खोप लगाएमा पाठेघरको मुखको क्यान्सर हुनबाट बच्न सकिने धारणा राखेका छन् ।

“सरकारको नीति तथा कार्यक्रममा एचपिभी खोप ल्याउने योजना बनाएअनुरुप खोप ल्याएर देशैभर अभियान सञ्चालन गरिरहेका छौँ”, उनले भने, “यो अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विविध कारणले विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरसम्मका सम्पूर्ण किशोरीलाई स्वास्थ्य सेवा विभाग मार्फत खोप दिन थालिएको छ ।”

मन्त्री पौडेलले आगामी वर्षदेखि कक्षा ६ का छात्राहरू र विद्यालय बाहिर रहेका १० वर्षका किशोरीलाई नियमित अभियानमार्फत खोप दिइने बताए । 

यस अभियानलाई सफल बनाउन सबैको सहभागिता आवश्यकता पर्ने बताउँदै सङ्घ, प्रदेश र स्थानीय तहमा रहेका स्वास्थ्य तथा शिक्षा क्षेत्रका प्रतिनिधि, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालगायत सम्बन्धित सबैको सहभागिता लागि आह्वान समेत गरेका छन् ।

मन्त्री पौडेलद्वारा जारी विज्ञप्तिमा विद्यालय केन्द्रित खोप केन्द्रबाट उपलब्ध गराइने भएकाले लक्षित समूहका किशोरीहरूले आआफ्नो विद्यालय वा नजिकको विद्यालयमा खोप लगाउन अनुरोध गरिएको छ ।

किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन यही माघ २२ गतेदेखि आगामी फागुन ६ गतेसम्म देशभरिका कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई विद्यालयमा गएर खोप लगाइने मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार