काठमाडौँ, माघ १३ :

 

मेष : महत्त्वपूर्ण अवसरको सदुपयोग गर्ने दिन छ। नाम र इज्जत बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : विपक्षी साथीले तारिफ गर्नेछन्। राज्यको तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुने योग छ।  

मिथुन : खेलकुदको क्षेत्रमा सफलता मिल्ने छ । स्वास्थ्यमा सुधार हुनेछ। साथीसँग धेरै तर्क नगर्नु उचित होला। 

कर्कट : नयाँ योजना बनाउँदा घरपरिवारसँग सल्लाह लिनु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह :  गुरुको साथ लिएर अगाडि बढेमा दिन सहज बन्नेछ। साथीभाइले सहयोग गर्नेछन्।

कन्या : संयुक्त लगानीबाट व्यापारमा फाइदा हुनेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ।

तुला : आज तपाईंको कामको प्रशंसा हुनेछन्। बिहानै गणेशको दर्शन गरेमा मन शान्त बन्नेछ।

वृश्चिक : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँग घुमघाम गर्ने दिन छ।

धनु : व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। प्रेममा विश्वास गर्दा धोका हुने जोखिम रहेको छ।

मकर : सामाजिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ। पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछन्। 

कुम्भ : धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ। विदेशको रमझमले मन आकर्षित गर्नेछ।

मीन : खुशीका साथ गरेको कामको नतिजा राम्रो प्राप्त हुनेछ। लामो यात्रामा निस्कँदा एक्लै नजानुहोला ।