शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १३ माघ, २०८१ मा प्रकाशित
accident-nepali
बैतडी, माघ १३ :

बैतडीको सिगासमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् । 

आज (शनिबार) बिहान ५ बजे सिगास गाउँपालिका- १, को गडानबाट तल्लो इराना जाँदै गरेको सुपप्र ०१- ००१ च ४०२८ नम्बरको जिप माडौंमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा सिगास गाउँपालिका- १, १९ वर्षीया पार्वती धामी र १४ वर्षीया जयन्ती धामी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

एक जनाले हाम फालेर ज्यान जोगाको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

घाइते हुनेमा ४० वर्षीय तुलसी धामी, १६ वर्षीया निरा धामी, १९ वर्षीया हेमन्ती धामी र १४ वर्षीया भागरथी धामी रहेका छन् । उनीहरूको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

घाइतेको उद्धार र घटनाको विस्तृत अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउदको नेतृत्वमा प्रहरी घटनास्थलमा खटिएका छन् । 

जिपमा चालकसहित विवाह भोज खाएर फर्किदै गरेका ८ जना सवार रहेको खुलेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार