शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
समाचार खेलकुद

‘राइट टु प्रोटिन’ हाफ म्याराथन : महिलातर्फ सन्तोषी र पुरुषतर्फ राजन प्रथम

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १३ माघ, २०८१ मा प्रकाशित
‘राइट टु प्रोटिन’ हाफ म्याराथन : महिलातर्फ सन्तोषी र पुरुषतर्फ राजन प्रथम
काठमाडाैं, माघ १३ :

मुलुककै सबैभन्दा धेरै खेलाडीको सहभागिता रहेको चौथो संस्करणको ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता सम्पन्न भएको छ । नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा भएको प्रतियोगितामा विभिन्न आठ विधामध्ये खुला हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ राजन रोकाय प्रथम भएका छन् ।

दश किलोमिटर (खुला) पुरुषतर्फ सञ्जय श्रेष्ठ, पाँच किमी (खुला) महिलातर्फ फूलमति राना, कक्षा १२ सम्मका विद्यार्थीका लागि पाँच किमी (पुरुष)तर्फ लोकेन्द्र बोहरा र तीन किमी महिलातर्फ अस्मिता भुजेल, तथा फरक क्षमता भएका व्यक्तिहरुका लागि ह्विलचियर दौड (महिला तथा पुरुष)तर्फ ऐश्वर्यकुमारी कुमाल र रमेश खत्री प्रथम भएको आयोजक समिति संयोजक डा. शीतलकाजी श्रेष्ठले  जानकारी दिए ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलगायत विशिष्ट अधिकारीले विजयी खेलाडीलाई नगद पुरस्कार, प्रमाणपत्र र पदक प्रदान गरे । उनीहरुले विभिन्न आठ विधाका विजेता ४० खेलाडीलाई पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा हाफ म्याराथनमा पहिलो स्थान हासिल गर्ने महिला तथा पुरुष खेलाडीले जनही रु एक लाख ५० हजार प्राप्त गरेका छन् । दोस्रो स्थान हासिल गर्ने खेलाडीले रु एक लाख, तेस्रोले ७० हजार, चौथोले ५० हजार तथा पाँचौँ हुने खेलाडीले रु ३० हजार प्राप्त गरेका छन् । १० किमी दौडमा पहिलो हुने खेलाडीले रु ५० हजार, दोस्रोले रु ४० हजार, तेस्रोले रु ३० हजार, चौथोले २० हजार र पाँचौँ हुने खेलाडीले रु १० हजार पाएका छन् ।

प्रतियोगिताअन्तर्गत पाँच किमी दौडमा पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचाँै हुने खेलाडीले क्रमशः रु ३० हजार, २० हजार, १५ हजार, १० हजार र पाँच हजार प्रदान गरिएको छ । तीन किमि दौडमा पहिलो हुने खेलाडीले रु २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार, चौथोले पाँच हजार र पाँचाँै स्थान हासिल गर्ने खेलाडीले रु दुई हजार पाँच सय प्राप्त गरे ।

ह्विलचियरतर्फ प्रथम स्थान हासिल गर्ने खेलाडीले ३० हजार, दोस्रो हुने खेलाडीले रु २० हजार प्राप्त गरे । त्यसैगरी तेस्रो हुने खेलाडीले रु १५ हजार, चौथोले १० हजार र पाँचौँ हुने खेलाडीले पाँच हजार पाएका छन् । प्रतियोगितामा विभागीयसहित करिब आठ हजार धावकको सहभागिता रहेको आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार